कावासोती । कम्प्युटर एशोशिएसन अफ नवलपुर ( क्यान ) को अध्यक्षमा दिलबहादुर राना निर्वाचित भएका छन् ।
सस्थाको बिहिबार सम्पन्न अधिबेधनले रानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सदस्य एबम् क्यान नवलपुरका सल्लाहकार बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरेश लम्साल, सचिवमा प्रमोद अधिकारी, कोषाध्यक्षमा आनन्द भट्टराई र सदस्यहरूमा दामासरा अधिकारी पाण्डे, दिपक बहादुर शाही र प्रज्वल श्रेष्ठ निर्वाचित भएका छन् ।
कावासोतीमा सम्पन्न अधिबेशन तथा साधारणसभाले सचिब सुरेश लम्सालको प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रमोद अधिकारीको आर्थिक प्रतिवेदन सर्बसम्मतले पारित गरेको थियो । सो कार्यक्रम क्यान महासंघका केन्द्रीय सदस्य तुलसीराम पान्डेको प्रमुख आतिथ्यता र क्यान नवलपुरका अध्यक्ष दिर्घनारायण वस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा क्यान महासंघ गन्डकी प्रदेशका अध्यक्ष केशवराज भट्टराई , क्यान नवलपुरका सल्लाहकार एवं नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठप्रसाद अर्याल , क्यान महासंघ गण्डकी प्रदेशकी सदस्य होमकला भुसाल पोखरेल , क्यान नवलपुरका सल्लाहकार गंगाराम पौडेल लगायतले शुभकामना दिएका थिए ।
प्रकाशित : २०८१ मंसिर १४ गते ८:१३
Facebook Comment