कावासोती । गैँडाकोट फुटबल क्लब देवचुलीको पृथ्वीनगरमा जारी प्रथम देवचुली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न खेलमा देवचुली दलित युवा समाजलाई २-० गोल अन्तरले पराजित गर्दै गैँडाकोट फुटबल क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
खेलमा गैँडाकोटका लागि अन्जन लामा र रञ्जन पुनले १/१ गोल गरेका थिए । खेलको म्यान अफ द गैँडाकोट फुटबल क्लबका रोशन राना भएका छ्न । यो सँगै प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ । भोलिको पहिलो क्वाटरफाईनलमा योङ्गब्वाईज चितवन र रडस रामपुर खेल्ने छ्न ।
शान्तिदिप युवा क्ल्बको आयोजनामा सन्चालन भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रकाशित : २०८१ मंसिर १२ गते १७:३३
Facebook Comment