संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ८ गते २०:२८
संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ

कावासोती
हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।
संस्कारसहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालन र सुविधा सम्पन्न भौतिक संरचना निर्माणका लागि मंसिर १७ गतेदेखि २३ गतेसम्म श्रीमद्‌भागवत तथा धनधान्याचल ज्ञान महायज्ञ संचालन गर्न लागेको यज्ञ मुल समारोह समितिका संयोजक अर्जुन पाण्डेले बताए ।

संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ 9

“स्थानिय ठाउँको पहिचान एवम् स्थानिय कला, संस्कृति, साहित्य, पर्यावरण तथा जैविक विविधताको संरक्षण एवम् सम्बर्धन गर्न, कक्षा ९ देखि १२ सम्म संस्कारयुक्त प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्न,संस्कारयुक्त प्राविधिक शिक्षा प्रदान गर्न,विद्यालयको शैक्षिक, भौतिक विकास गर्न ज्ञान महायज्ञ संचालन गर्न लागिएको हो ” पाण्डेले भने ।

संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ 10
२० लाख खर्चको अनुमान गरिएको ज्ञान महायज्ञमा एक करोड बढी रकम संकलन हुने आकलन गरिएको छ । पाण्डेले चन्दादातालाई दैनिक विशेष सम्मानको कार्यक्रम रहेको बताउँदै बिध्यालयको चौतर्फी बिकाशका लागि सबै पक्षको सहयोग रहने बिश्वास ब्यक्त गरेका छन ।

संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ 11

बिध्यालयका प्रधानाध्यापक राजन गैरेले ज्ञान महायज्ञमा श्रीमद्भागवत महापुराण, मूल पाठपरायण, वेदपाठ, रुद्री, चण्डी पाठपरायण, हवन, कीर्तन एवम् तुलादान,संगीतमय भागवत कथा वाचन, लिलामय कथा श्रवण, प्रसङ्ग अनुसार झांकी, आरती र फूल प्रसाद वितरण, व्रतवन्ध, ग्रहशान्ति गर्नुका साथै तुलादान, भुमिदान, द्रव्यदान र दानवीरहरुलाई विशेष सम्मान सहित ग्रहशान्ति,लघुरुद्री,विवाह, चौरासी पूजा,कालसर्प दोषशान्ति, तुलादान,व्रतबन्ध शनिग्रह शान्ति, विशेष पितृउद्धार महाआरतीको ब्यवस्था गरिएको बताए ।

संस्कार सहितको गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनार्थ ज्वाला मा.वि.झ्यालबासमा धनधान्याचल महायज्ञ 12
गैरेले ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताए । श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको प्रमुख बाचक भागवतालङ्कार पदवीले विभुषित पं. श्री नेत्र प्रसाद पराजुलि रहेका छन ।

प्रकाशित : २०८१ मंसिर ८ गते २०:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI