देवचुली गोल्डकपको उदघाटन खेलमा वातासिनो योङ्गस्टार फराकिलो अन्तरले विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ७ गते १९:५६
देवचुली गोल्डकपको उदघाटन खेलमा वातासिनो योङ्गस्टार फराकिलो अन्तरले विजयी

कावासोती । देवचुलीको पृथ्वीनगरमा शुक्रबार देखि सुरु भएको प्रथम देवचुली गोल्डकपको उदघाटन खेलमा वातासिनो योङ्गस्टार कावासोती फराकिलो अन्तरले विजयी भएको छ ।

शुक्रबार सम्पन्न उदघाटन खेलमा युनाइटेड क्लब गिरुबारीलाई ५-० फराकिलो गोल अन्तरले पराजित गर्दै वातासिनो योङ्गस्टार प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

वातासिनो योङ्गस्टारका लागि सजिन थापाले ह्याटि्रक गरे भने अर्का खेलाडी सान्त गुरुङले २ गोल गरे । खेलको म्यान अफ द म्याच ह्याटि्रक गरेका सजिन थापा भएका छ्न ।

नवलपुर र चितवनका गरेर १४ टोलिले सहभागीता जनाएको प्रतियोगितामा भोलि शनिबार आयोजक शान्तिदिप युवा क्लब र साबिक पिठौली गाविस बिच खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : २०८१ मंसिर ७ गते १९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI