कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आ.व २०८१/८२ को चार महिनाको अवधि सम्म १० वटा गैँडाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत साउन यता ४ वटा पोथी, ४ वटा भाले र २ वटा लिंग पहिचान नभएको गैँडाको मृत्यु भएको हो ।
मरेका १० गैँडा मध्य १ वटा किसानले खेती जोगाउन लगाएको विद्युत्तिय तारबारमा परेर करेन्ट लागेर मरेको हो भने २ वटा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन । त्यस्तै ३ वटा गैँडाको मृत्यु प्राकृतिक कारणले भएको थियो । सूचना अधिकारी मगरका अनुसार २ वटा गैँडा बाढीले बगाएर मर्दा एउटा सिमसार क्षेत्रमा डुबेर तथा अर्काे एउटा दलदलमा भासिएर मरेका हो ।
मरेका गैँडा २ वर्ष देखि २५ वर्ष उमरेका रहेका छन भने ३ वटाको उमेर पत्ता लाग्न नसकेको हो ।
यो अवधिमा मरेका १० गैँडा मध्ये ३ वटा नवलपुरमा पर्ने पश्चिम सेक्टर (अमलटारी सेक्टर) तथा बाकी चितवनमा रहेका निकुञ्जका कसरा सेक्टर र सौराहा सेक्टर (पूर्वी सेक्टर)मा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
नवलपुरमा पर्ने पश्चिम सेक्टरमा पर्ने अरुणखोला क्षेत्रमा अन्दाजी २० वर्षको पोथी गत कार्तिक ५ गते मृत फेला परेको हो भने लिंग पहिचान हुन नसकेका २ वटा गैँडा बाढीले बगाएर अमलटारी सेक्टरको कलकत्ता टापुमा मृत फेला परेका थिए ।
पछिल्लो गणना अनुसार निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन ।
प्रकाशित : २०८१ कार्तिक २८ गते १४:०८
Facebook Comment