कावासोती । रास्वपाका उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति उनी नै भएको बताएका छन् । पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“रवि लामिछाने ज्युँदो रहेसम्म सभापति उहाँ नै हो । कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,” उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् । रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् ।
‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।
जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरे । रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् । रविलाई अदालतमा आज चौथो पटक उपस्थित गराउँदा रास्वपाले जिरोदेखि महेन्द्रपुलसम्म विरोध प्रदर्शन गरेको छ ।
प्रकाशित : २०८१ कार्तिक २५ गते १५:५५
Facebook Comment