नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित)

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २४ गते २२:३८
नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित)

कावासोती । गत असोज ३ गते बुटवलबाट काठमाडौँ जादैँ गरेको ना ३३ प ४२४२ नं को मोटरसाईकल खरकट्टाको जंगलमा बाटो काटदै गरेको गैँडासँग अचानक ठोक्किदा दशै मान्न घर हिडेका २ जना घाईते भए । उक्त गैँडा बाटो काटने क्रममा मोटरसाईकल सँग ठोक्किएको थियो । सडकको बीच भागमा बनाईएको डिभाईडरमा ठुलो झाडी भएकौ कारणले मोटरसाईकल चालकलले गैँडालाई देखेनन । अचानक झाडीबाट फुत्त गैँडा सडकमा आयो चालकले जोगाउदा जोगाउदै मोटरसाईकल गएर गैँडाका शरिरमा ठक्कर खायो ।

नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित) 9

नारायणघाट बुटवल सडक खण्डको खरकट्टा देखि फलफुल चोक सम्मको ४ लेनको सडकका बीच भागमा बनाईएको डिभाईडरमा फैलिएको झाडीले दुर्घटनाको जोखिम बढाएको छ । सडकको डिभाईडरमा भएको झाडी देख्दा सडक हाईन जंगल जस्तै लाग्छ । निमार्णाधिन सडकको ४ लेन कालेपत्रे गरिएको अधिकांश सडकको भाग बीच भाग अर्थात डिभाईडर अहिले झाडीले भरिएको हो । बजार क्षेत्रमा यो सम्स्या नभएको भए पनि वन क्षेत्र जहाँ प्राय जनावर आवत जावत गर्छन त्यो ठाउँ भने यहि झाडीकै कारणले दुर्घटनाको उच्च जोखिममा रहेका छन ।

नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित) 10

ठेक्का सम्झौता अनुसार सडक आयोजनाको काम सम्पन्न नहुदाँ सम्म सडकको मर्मत तथा सरसफाईको जिम्मा निर्माण कम्पनी हुने भए पनि सडक निमार्णनै ठप्प पारेको चाईना ईन्जिनियरिङ करपोरेसनले भने यसमा समेत चासो दिएको छैन ।
सडक आयोजनाको काम सम्पन्न नहुदाँ सम्म सडकको मर्मत तथा सरसफाईको जिम्मा निर्माण कम्पनी हुने भएकोले यो सरसफाईको जिम्मा पनि निर्माण कम्पनीकै भएको नारायणघाट बुटवल सडक आयोजना निदेर्शनालयको पूवी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । “यो सफा गर्ने झाडी हटाउने जिम्मा निर्माण कम्पनी हो, यसलाई तत्काल हटाउन कार्यालयको तर्फबाट ताकेता गर्छाै”, खनालले भने ।

नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित) 11 नारायणघाट बुटवल सडकको बीच भागमै झाडी, दुर्घटनाको जोखिम हुने खतरा(तस्बिर सहित) 12

प्रकाशित : २०८१ कार्तिक २४ गते २२:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI