कावासोती । अमेरिकामा जारी विश्व क्रिकेट लिग २ को खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेट ले पराजित गरेको छ ।
१५५ रनको लक्ष्य पछयाउने क्रममा नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा जित हासिल गरेको हो । नेपालका लागि आरिफ शेख ले सर्वाधिक ५१ रन बनाए भने गुल्सन झा र कुशल भुर्तेलले २५/२५ रन बनाएका छ्न ।
खेलको पहिलो इनिङ्समा नेपालले स्कट्ल्यान्डलाई ४१.४ ओभरमा १५४ रन बनाउन दिई अलआउट गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए।
यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।
प्रकाशित : २०८१ कार्तिक १४ गते ३:२०
Facebook Comment