अमेरिकासँग नेपाल तीन विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक १२ गते ५:०४
अमेरिकासँग नेपाल तीन विकेटले पराजित

कावासोती । आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

अमेरिकाको ड्यालसमा भएको खेललमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाउँदै २९१ रन बनाई लक्ष्य पूरा गर्‍यो।

दोस्रो इनिङ्समा नेपाका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए पनि जितका लागि त्यो पर्याप्त भएन।

पहिलो इनिङ्सको अन्तिम बलमा आउट भएका कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन बनाएका थिए।

यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ। श्रङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हराएको थियो

प्रकाशित : २०८१ कार्तिक १२ गते ५:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI