वैदेशिक रोजगार छोडेर सुन कागतीको व्यवसायिक उत्पादनमा रमाएका गोछ्डाका सागर

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ३ गते १०:२२
वैदेशिक रोजगार छोडेर सुन कागतीको व्यवसायिक उत्पादनमा रमाएका गोछ्डाका सागर

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछडाटारका सागर लाम्सालले २७ महिना अघि देखि सुन कागतीको खेती सुरु गरे । कागती खेती सुरु गर्नु अगाडी उनी १४ वर्ष वैदेशिक रोजगारको सिलसिलामा युनाईटेड अरब इमिरेटसमा थिए । नेपाली सेनाको जागीरमा सन्तुष्ट हुन नसकेका सागर १४ वर्ष अगाडी सेनाको जागीर छोडेर वैदेशिक रोजगारका लागी युनाईटेड अरब इमिरेटस पुगेका थिए । त्यहाँ पुगेर उनले होटलमा बाउन्सरको नोकरी गरेर स्वदेशमै केही गर्ने योजनाका साथ साढे दुई वर्षअघि घर फर्के ।

वैदेशिक रोजगार छोडेर सुन कागतीको व्यवसायिक उत्पादनमा रमाएका गोछ्डाका सागर 7

स्वदेशमा के गर्ने ? सुरक्षित र राम्रो कमाई हुने अरु केही नदेखेपछि कागती खेती सुरु गरे। जसले उनलाई सुरुमै आकर्षित गर्यो ।‘कागती लगाएको २७ महिना मात्र भयो, राम्रो फल दिएको छ, साउनदेखि टिप्न पनि सुरु भइसकेको छ, लम्सालले भने, ‘१५ क्विन्टर कागती बेचिसकें, न कामगर्न गाह्रो र ग्राहक खोज्न समस्या ।’अन्य तरकारी, फलफूल मौसमी हुने भए पनि कागती बाह्रै महिना फल्ने र बाह्रै महिना उस्तै माग हुने भएपछि यसले उनलाई थप हौस्याएको छ । ‘अन्य फलफूल, तरकारी खेती गर्यो, मौसमी हुने, भाउ नपाउने र बीचमा दलाल पख नि त्यत्तिकै लाग्ने गर्दा रहेछन्, तर कागतीमा नगद छ, बजार र भाउको समस्या छैन, लम्सालले भने, ग्राहक खोसाखोस गर्न घरै आइपुग्छन् ।’

वैदेशिक रोजगार छोडेर सुन कागतीको व्यवसायिक उत्पादनमा रमाएका गोछ्डाका सागर 8

सुन कागती लगाएका उनलाई यो साँच्चीकै सुन जस्तै भएको छ । अरुभन्दा राम्रो आम्दानी दिने भएकाले यसमा फसिन्न, ढुक्कले गर्दा हुन्छ, अन्य कागती खेती गर्न चाहनेलाई उनको सुझाव छ, पानी नजम्ने टारी खालको जग्गामा लगाउँदा राम्रो हुन्छ ।

१२ लाख लगानी गरेर व्यवशायीक कागती खेती गरेका लम्सालले कागती खोज्न ग्राहकहरु घरसम्मै आउने गरेको बताए । पहिले १५ क्विन्टर काठमाडौंको कालिमाटीसम्म पुर्याए पनि अहिले भने कावासोती मण्डी बजारसम्म पनि लैजान नपरेको उनको भनाइ छ ।

वैदेशिक रोजगार छोडेर सुन कागतीको व्यवसायिक उत्पादनमा रमाएका गोछ्डाका सागर 9
उनका अनुसार अहिले कागती प्रतिकिलो एक ३० देखि एकसय ३५ रुपैयाँमा बिक्रि भइरहेको छ । उनले एक विगाहामा तीन सय १० वटा बोट कागती रोपेको र सबैले फल दिइरहेको बताए । उनका अनुसार एउटा बोटले रोपेको २० देखि २५ वर्षसम्म फल दिइरहन्छ र सुरुका एक दुई वर्षपछि खर्च कम हुने भएकाले नाफा बढ्दै जान्छ ।

‘विदेशमा रातदिन पसिना बेच्नुभन्दा आफ्नै भूमिमा थोरै लगानी गरेर भए पनि काम गर्दाको मज्ज बेग्लै रहेछ, आफ्नै घरपरिवारसँग बसेर काम गर्दा, सँगै रमाइलो गर्दै कागती टिप्दा, न कुनै तनाव छ न थकान, लम्सालले भने, ‘हरेक सेकेण्डमा चल्दै विदेशमा जम्मा गरेको पैसा बाध्यताको कमाइ हो, त्यहाँ सन्तुष्टि छैन ।’

प्रकाशित : २०८१ कार्तिक ३ गते १०:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI