डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ३० गते ७:१७
डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु

कावासोती । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।

दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना भएको हो। बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

प्रकाशित : २०८१ असोज ३० गते ७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI