सकियो दशैँ बिदा : आजबाट खुल्दै सरकारी कार्यालय

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज २९ गते ८:४३
सकियो दशैँ बिदा : आजबाट खुल्दै सरकारी कार्यालय

कावासोती ।बडादशैँको बिदा सकिएसँगै मंगलबारदेखि कार्यालय खुल्दैछन्। बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो।

बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ। पूर्णिमा कात्तिक १ गते परेको छ।

मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ। सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ।

प्रकाशित : २०८१ असोज २९ गते ८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI