टीकाको साइत शनिबार ११:३६ बजे

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज २४ गते ७:१६
टीकाको साइत शनिबार ११:३६ बजे

कावासोती । यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ ।

कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी र महानवमी पर्व शुक्रबार एकैदिन परेको छ ।

घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित : २०८१ असोज २४ गते ७:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI