पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार शुक्रबार साँझ सडक भासिएपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भएपनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको हो ।
अस्थायीरुपमा मर्मत गरेर केहीबेर सवारी सञ्चालन गरेपछि फेरि सडक भासिन लागेपछि यातायात रोकेर मर्मतको काम थालिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्किने र भासिने गरेको छ ।
Facebook Comment