बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १६ गते २०:१९
बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु

कावासोती । अविरल वर्षापछिको बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २३ जना बेपत्ता रहेका छन् । यस्तै अन्य एक सय ६५ जना घाइते भएका छन् ।

हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २०८१ असोज १६ गते २०:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI