नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १५ गते ११:५९
नवलपुरमा डेंगु संक्रमण बढदो, सबै भन्दा धेरै गैँडाकोटमा

कावासोती । नवलपुरमा डेंगुको संक्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना संक्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयले दिएको तथ्यांकअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।

त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यविन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र  बुलिङटार गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।

नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकामा बढी डेंगु देखिएको छ । डेंगुको लक्षण देखिनेवित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही नीजि मेडिकलमा परीक्षण गराउने गरेको र त्यो तथ्यांङ्क स्वास्थ्य कार्यालयमा समावेश नुहने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । त्यो तथ्याङ्कसमेत जोड्दा संक्रमितको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु संक्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह लगायतलाई राखेर अभिमुखिकरण कार्यक्रम सुरु गरिएको र संक्रमण बढ्दै गएका ठाउँमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको बासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।

प्रकाशित : २०८१ असोज १५ गते ११:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI