४५औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरेर मनाईदैं

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ११ गते ५:५४
४५औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरेर मनाईदैं

कावासोती । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  रुपमा मनाउन लागेका हुन् ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

यसै बिच नवलपुरको जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको वडा नं १५ विश्व पर्यटन दिवसको कार्यक्रमको आयोजना गरिएको छ । नवलपुर पर्यटन समिति, पर्यटन तथा उद्योग कार्यालय, कावासोती नगरपालिका र एनसाब नेपालको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । दिवसको अवसरमा पर्यटक बसपार्क, वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको नवलपुर पर्यटन समितिले जनाएको छ ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

प्रकाशित : २०८१ असोज ११ गते ५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI