नारायण शर्मँ नवलपरासी । श्रीलंकाका पूर्व राष्ट्रपति गोतवाय राजपक्ष निजि भ्रमणको सिलसिलामा चितवन आइपुगेका छन ।
काठमाण्डौवाट बुद्ध एअरको जहाजमा केहिबेर अघि भरतपुर आएका राजपक्ष अहिले मेघौली स्थित ताज मेघौली सेराईमा बसेका छन । उनि आजै दिउसो पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको उद्योगपति बिनोद चौधरीको सिजीआइपि (चौधरी इण्डस्ष्ट्रियल पार्क)को भ्रमणमा आएर त्यहा दुई दिन बस्नेछन । त्यसपति शुक्रवार लुम्बिनी जाने कार्यक्रम तय भएको छ ।
पूर्वी नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार राजपक्ष आज र भोली सिजिआइपिमा रहनु हुने छ र आउदो शुक्रवार लुम्बिनी जाने कार्यक्रम तय भएको छ । रिजालका अनुसार राजपक्षको निजि भ्रमण रहेको बताइएको छ । सुरक्षा ब्यबस्था मिलाइएको रिजालले सुनाए ।
प्रकाशित : २०८१ असोज ९ गते ११:४४
Facebook Comment