सातौं राईनो संरक्षण गोल्डकपको तयारी तीब्र

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ४ गते १९:३७
सातौं राईनो संरक्षण गोल्डकपको तयारी तीब्र

कावासोती । गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले नवलपुरको मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा हुने राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भए सगै तयारी तिब्र पारिएको छ ।

राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुबल प्रतियोगितालाइृ भव्य रुपमा सम्पन्न गर्न राईनो क्लबको नियमित बैठक बस्ने र विभिन्न उप समिति निर्माण गर्ने कार्यलाई तिब्रता दिईएको क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले बताए ।

राईनो क्लवको भाद्र १६ गते बसेको बैठकले राईनो संरक्षण गोल्ड क्लवको सातौं सस्करण आगामी कार्तिक ३ गते देखी संचालन गर्ने निर्णय गरेको थियो ।
एक सिगेँ गैडाको संरक्षणको सन्देश दिने उद्देश्यले २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । राईनो संरक्षण फुटबल प्रतियोगिताको छैटौं संस्करणमा विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टिम सहभागी थिए ।

प्रतियोगितामा विजेता हुनेले नगद रु ८ लाख प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन भने उप विजेताले नगद रु ४ लाख , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ ।

खेल अवधि भर हरेक दिन उत्कृष्ट खेल प्रर्दशन र्ने खेलाडी मध्यबाट म्यान अफ दि म्याच धोषणा गरीने छ । त्यस्तै समापनको अवसरमा सर्वाधिक गोल कर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगद राशी सहित सम्मान गरीने छ ।

नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका सचिब बद्री नेपालले बताए ।
सातौं संस्करण सफल बनाउन संरक्षणकर्मी, सरोकारवाला निकाय, संघ, प्रदेश र स्थानिय पालिकाहरुलाई आग्रह समेत गरेका छन ।

खेल अवधिमा खेल अवलोकनमा लागी सहजताको लागी गोल्डेन पासको व्यवस्था गरीएको छ । प्रत्येक दर्शकले रु १ हजारमा गोल्डन पास खरीद गरे सगै हरेक दिनको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरीएको छ । गोल्डन गेट पास खरीद कर्ताहरु मध्यबाट फाईनल खेलमा गोल प्रथाद्धारा २ जनालाई एन्ड्रोइड मोबाईल प्रदान गरीने छ । त्यस्तै हरेक दिनको दर्शकले खरीद गरेको प्रवेश टिकटको आधारमा गोला प्रथाद्धारा विजेता घोषणा गरी नगद पुरस्कार प्रदान गरीने भएको छ ।

प्रकाशित : २०८१ असोज ४ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI