कविता : “संविधान तिमी आराम छौ ?”

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ३ गते १०:०९
कविता : “संविधान तिमी आराम छौ ?”

राजन पाण्डे-

तिम्रा धाराहरुबाट
भुंईमान्छेहरुले प्यास मेट्न नपाउंदा
तिमिलाई पनि कति दु:ख लागेको होला है !!!

तिमिले रचेको प्रस्तावनाको सित्तल छहारीमा
तरमाराहरु मात्रै बसेको देख्दा तिम्रो चित्त कति दुख्यो होला है !!

संविधान….
तिम्रा मौलिक हकहरु ठाडै सुकेको रुख झै भएका छन् ।
तिम्रा निर्देशक सिद्दान्तहरु सौदावाजीमा पेलिएका छन् ।
तिम्रा नीतिहरु देखाउने दाँत भएकाछन् ।
यो सबै आफ्नै अगाडि देख्दा
तिम्रो मन कति रोयो होला है !!!

तिमी प्रति भन्नू केही छैन संविधान….

तिमी भित्र लोकतन्त्र छ तर हामी भित्र लोकतान्त्रिक संस्कार छैन ।
तिमी भित्र गणतन्त्र छ तर हामी भित्र गणतान्त्रिक संस्कार छैन ।
तिमि भित्र समावेशिता छ तर हामी भित्र समाबेशी संस्कार छैन ।
तिमी भित्र राष्ट्र छ तर हामी भित्र राष्ट्रियता छैन ।

त्यसैले
अपेक्षाको भारी तिमिलाई बोकाएर,
स्वार्थले रजगज गर्नेहरु नै पापी हुन् ।
दोसी हुन् ।

संविधान तिमी अक्षर हौ ।
तिमीलाई प्राण प्रतिष्ठा गर्नेहरुले नै तिम्रो प्राण नहरुन् ।।

 

संविधान दिवसको धरै धरै शुभकामना सहित

प्रकाशित : २०८१ असोज ३ गते १०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI