कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाइटेड गोल्डकपको उपाधि रडस रामपुरले जितेको छ ।
वर्षाले प्रभावित फाईनल खेलमा वातासिनो योङ्गस्टार कावासोतीलाई १-० गोलले पराजित गर्दै रडस रामपुर चितवनले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको हो ।
पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफको १२ औं मिनेटमा समिप ढकालले रडस रामपुरका लागि गरेको गोल नै निर्णायक भएको हो ।
यो सँगै रडस रामपुरले ट्रफी सहित नगद २ लाख ५० हजार जितेको छ भने उपविजेता वातासिनो कावासोतीले ट्रफी सहित १ लाख ५० हजार हात पारेको छ ।
यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी वातासिनो योङ्गस्टार कावासोतीका प्रकाश पुन, सर्वाधिक गोलकर्ता प्रतियोगितामा ६ गोल गरेका रडस रामपुरका अनिल राना मगर र प्रतियोगिताको अनुशासित टिम एभरेस्ट क्लब चितवनले जनही ८/८ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पारेका छ्न ।
प्रतियोगिताको विजयी टिमलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ, हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्णसिंह रानाले पुरस्कार वितरण गरेका थिए ।
भाद्र १४ गते बाट सुरु भएको प्रतियोगिताको समापनमा सम्बोधन गर्दै युनाईटेड युवा क्लबका अध्यक्ष हरि थापाले आगामी वर्ष प्रतियोगिताको ३९ औं संस्करण आयोजना गर्ने घोषणा गरेका छन ।
प्रकाशित : २०८१ भदौ २९ गते १८:४३
Facebook Comment