कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाइटेड गोल्डकपको उपाधि रडस रामपुरले जितेको छ ।
वर्षाले प्रभावित फाईनल खेलमा वातासिनो योङस्टार कावासोतीलाई १-० गोलले पराजित गर्दै रडस रामपुर चितवनले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको हो । फाईनल खेलको दिन बर्षा भएपछि फाईनल खेल ५० मिनेट मात्र खेलाईएको थियो ।
पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफको १२ औं मिनेटमा समिप ढकालले रडस रामपुरका लागि गरेको गोल नै निर्णायक भएको हो ।
यो सँगै रडस रामपुरले ट्रफी सहित नगद २ लाख ५० हजार जितेको छ भने उपविजेता वातासिनो कावासोतीले ट्रफी सहित १ लाख ५० हजार हात पारेको छ ।
प्रकाशित : २०८१ भदौ २९ गते १८:०१
Facebook Comment