कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको फाईनलमा वातासिनो योङ्गस्टार कावासोती र रडस रामपुर आमने सामने हुने भएका छ्न ।
सेमिफाइनलमा एभरेस्ट युवा क्लब चितवनलाई हराउँदै वातासिनो योङ्गस्टार कावासोती र भेडाबारी युवा क्लबलाई हराउदै रडस रामपुर प्रतियोगिताको ३८ औं संस्करणको फाईनलमा पुगेका हुन ।
प्रतियोगिताको फाईनल खेल आज दिउसो ३ बजे देखि सुरु हुने छ । प्रतियोगिताको समापन समारोहमा अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ सहितका खेल पदाधिकारीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा संचालन भैरहेको छ ।
प्रकाशित : २०८१ भदौ २९ गते ८:४०
Facebook Comment