युनाईटेड गोल्ड कप : वातासिनो कावासोतीले सेमिफाइनलको ढोका खोल्यो

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २३ गते १९:१८
युनाईटेड गोल्ड कप : वातासिनो कावासोतीले सेमिफाइनलको ढोका खोल्यो

कावासोती

हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आइतबार सम्पन्न क्वाटरफाइनल अन्तरगतको खेलमा वातासिनो कावासोती विजयी भएको छ ।

नमुना युवा क्लब पश्चिमटोलालाई पराजित गर्दै वातासिनो कावासोतीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी ट्राईबेकर मार्फत ४-२ अन्तरले वातासिनो कावासोती बिजयी भएको हो ।

सोमबार सेन्ट्रल कलेज २८ बिगाहा र भेडावारी युवा क्लब भेडावारीले सेमिफाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।

प्रकाशित : २०८१ भदौ २३ गते १९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI