भैसाखोरी दुर्घटना अपडेट: बस ठक्करबाट घाईते भएकी महिलाको पनि मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २१ गते २३:३१
भैसाखोरी दुर्घटना अपडेट: बस ठक्करबाट घाईते भएकी महिलाको पनि मृत्यु

कावासोती । गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा लोकल बसले ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको पनि मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा गैडाकोट बाट कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नं. को लोकल बसले पैदल यात्रीहरु ७ वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ७ वर्षीय बालक विशाल श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने बालककी हजुरआमा श्रीमाया मानन्धरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक कावसोती-२ का मधू पौडेल प्रहरी नियन्त्रण रहेका छ्न ।

प्रकाशित : २०८१ भदौ २१ गते २३:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI