कावासाेतीमा दाेस्राे नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुने

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २१ गते २२:०८
कावासाेतीमा दाेस्राे नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुने

नवलपुर । कावासाेतीमा दाेस्राे नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुने भनिएकाे छ । थारु कल्याणकारिणी सभा कावासाेती नगर कार्य समितिकाे आयाेजनामा दाेस्राे कावासाेती नगर स्तरीय झमटा गित तथा नृत्य प्रतियोगिता हुन लागेकाे हाे ।

थारु महिलाहरुकाे महान पर्व जितियाकाे अवसरमा यही भाद्रा २९ गते कावासाेती १० मगरकाेटमा झमटा गित तथा नृत्य प्रतियोगिता हुन लागेेकाे हाे ।

प्रतियोगितामा प्रथम हुने लाई नगद १७ हजार प्रमाणपत्र, दाेस्राे हुने लाई १३ हजार नगद र प्रमाणपत्र, तेस्रो लाई ९ हजार नगद र प्रमाणपत्र र सान्त्वना हुने २ टिमलाइ ४ /४ हजार नगद र प्रमाणपत्र साथै सहभागी सम्पुर्ण टिमलाई विशेष पुरस्कारकाे व्यवस्था रहेकाे आयाेजकले जनाएको छ । प्रतियोगितामा ऐतिहासिक गितलाइ प्राथमिकता दिइने छ भने एउटा टिममा १६ देखि २० जना सम्म सहभागी हुन पाउने नियम राखिएको छ भने प्रस्तुतिका लागि प्रत्येक समुहलाई ५ मिनेट समय राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २०८१ भदौ २१ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI