भैसाखोरीमा बसले ठक्कर दिदा ७ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २१ गते २१:५९
भैसाखोरीमा बसले ठक्कर दिदा ७ वर्षीय बालकको मृत्यु

कावासोती । गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा लोकल बसले ठक्कर दिदा ७ वर्षीय बालकको घटना स्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा गैडाकोट बाट कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नं. को लोकल बसले पैदल यात्रीहरु ७ वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार बसको ठक्करबाट बालककी हजुरआमा श्रीमाया मानन्धर गम्भीर घाईते भएकी र उनलाई उपचारको लागि भरतपुरको मेडिकल कलेज पठाईएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक कावसोती-२ का मधू पौडेल प्रहरी नियन्त्रण रहेका छ्न ।

प्रकाशित : २०८१ भदौ २१ गते २१:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI