युनाइटेड गोल्डकप : पहिलो चरणको अन्तिम खेलमा दुम्किबास विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ २१ गते १९:४७
युनाइटेड गोल्डकप : पहिलो चरणको अन्तिम खेलमा दुम्किबास विजयी

कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको शुक्रबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा दुम्किबास खेलकुद विकास समिति विजयी भएको छ ।

राईनो क्लब मदनपुरलाई ५-१ गोल अन्तरले पराजित गर्दै दुम्किबास खेलकुद विकास समिति प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा शनिबार देखि क्वाटरफाइनलका खेलहरु सुरु हुने आयोजकले जनाएको छ । भोलि शनिबार हुने पहिलो क्वाटरफाईनलमा चोरमारा युवा क्लब, चोरमारा र रडस रामपुर खेल्नेछ्न ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।

उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।

प्रकाशित : २०८१ भदौ २१ गते १९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI