कावासोती । हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको मंगलबारको खेलमा भेडाबारी युवा क्लब विजयी भएको छ । भैरव स्पोर्ट्स गोपिगञ्जलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै भेडाबारी युवा क्लब गोल्डकपको दोश्रो चरणमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलिबाट बराबरी १/१ गोल भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
बुधबारको खेल एभरेस्ट युवा क्लब चितवन र आयोजक युनाइटेड युवा क्लब गिरुबारी बिच हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन ।
उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
युनाईटेड युवा क्लबको आयोजनामा भाद्र १४ गते देखि सुरु भएको खेल सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा भाद्र २९ गते सम्म संचालन हुनेछ ।
प्रकाशित : २०८१ भदौ १८ गते १९:१८
Facebook Comment