कावासोती । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ ।
संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए । आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।
गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार पद्मा जिसीको नेतृत्वमा सरकारमा जाने भएको हो । नवलपुरकी पद्मा यसअघि नै मन्त्री बन्ने चर्चा थियो । नयाँ मन्त्रीहरुको सपथ आजै १ बजे हुने जनाईएको छ ।
प्रकाशित : २०८१ भदौ १७ गते १०:०८
Facebook Comment