एमालेलाई सरकारमा सहभागी गराउन गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्याईने

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १६ गते १८:१२
एमालेलाई सरकारमा सहभागी गराउन गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्याईने

कावासोती । नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । यो सँगै गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो ।

हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । मन्त्रालय थपे पनि संगठन संरचना थप गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

‘मन्त्रालय मात्रै थपिएको हो । संगठन संरचनामा कुनै असर पर्दैन । अहिले पनि मन्त्रालय ९ वटै छन्, सचिवहरु ९ जना छन्,’ उनले भने, ‘अब मात्र मन्त्री थपिने हो । उहाँका २–३ जना सहयोगी थप होलान् ।’ प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताए ।एमाले १/२ दिनमै सरकारमा आउने उनको भनाइ छ

प्रकाशित : २०८१ भदौ १६ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI