अनेरास्ववियु(क्रान्तिकारी) नवलपुरको अध्यक्षमा ढकाल सर्वसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ९ गते १०:०८
अनेरास्ववियु(क्रान्तिकारी) नवलपुरको अध्यक्षमा ढकाल सर्वसम्मत

ने.क.पा. ( माओवादी केन्द्र ) निकट अखिल (क्रान्तिकारी), नवलपुरको १७ औं जिल्ला सम्मेलनले आयुष ढकालको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कावासोतीमा शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिकाे उपाध्यक्षद्वयमा शिशिर पाण्डे र पारश भट्टराई रहेका छन् भने सचिवमा गणेश तिवारी र कोषाध्यक्षमा निसा मगर चयन भएका छन् ।

२ जना सहसचिव पछि मनोनयन गर्ने अखिल क्रान्तिकारी नवलपुरका जिल्ला ईञ्चार्ज ईश्वर गैह्रेले जानकारी दिए । सम्मेलनकाे उद्‌घाटन माओवादी केन्द्रका नेता माधव सापकोटाले गरेका थिए । सापकाेटा प्रतिनिधि सभा सदस्य पनि हुन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षद्वय नारायण खनाल र पवन कार्की, गण्डकी प्रदेश ईञ्चार्ज नारायण बढाल र गण्डकी प्रदेश अध्यक्ष सुदिन पाैडेलकाे पनि उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू, मित्र संगठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : २०८१ भदौ ९ गते १०:०८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI