कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ १४ गतेबाट सुरु हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३८ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा संचालन हुन लागेको हो ।
प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक हरि थापाले बताए ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक थापाका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुसासित टिमलाई समेत नगद ८ सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।
यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको आर्थिक संयोजक धन बहादुर गुरुङले बताए ।
गुरुङका अनुसार भदौ १४ गते ३ बजे भब्य समारोहका बिच उदघाटन गरिने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
निरन्तर ३८ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।
प्रकाशित : २०८१ भदौ ७ गते ९:३५
Facebook Comment