कावासोती । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपुरको बौदीकाली–३, जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाउने काम साँझसम्म सकिएपछि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपुरमा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।
प्रकाशित : २०८१ भदौ ४ गते २०:१७
Facebook Comment