मध्यविन्दुमा अठेरी खोलाले बाबु छोरी चढेको मोटरसाइकल बगायो

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ४ गते ११:००
मध्यविन्दुमा अठेरी खोलाले बाबु छोरी चढेको मोटरसाइकल बगायो

कावासोती । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ ।

मध्यविन्दु-९ बसन्तपुरमा रहेको अठेरी  खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।

हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा अन्दाजी ३५ किलो बोडि लिएर बेच्न हिडेका देव बहादुर फाल मगर र उनकी छोरी तुलसी फाल मगर चढेको मोटरसाइकल अठेरी खोलामा आएको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकल र बेच्न लैजान लागिएको बोडि खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबू छोरीको भने उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाबू छोरीलाई उद्धार गरेर घर पठाईएको र उनिहरुको मोटरसाइकलको खोजी भैरहेको छ ।

प्रकाशित : २०८१ भदौ ४ गते ११:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI