लेदो सहितको पहिरोले कालीगण्डकी करिडोरको गैंडाकोट-पाल्पा खण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ४ गते ८:२७
लेदो सहितको पहिरोले कालीगण्डकी करिडोरको गैंडाकोट-पाल्पा खण्ड अवरुद्ध

कावासोती । लगातार वर्षा सँगै लेदो सहितको पहिरो खसे पछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

करिडोरको गैंडाकोट-रामपुर खण्डमा पर्ने बौदीकाली-३ स्थित जन्ती पहिरो भन्ने स्थानमा लगातार वर्षा सँगै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

लगातार वर्षा भएका कारण पहिरो पन्छाउन समस्या भएको र वर्षा रोकिए पछि मात्रै पहिरो पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ ।

नवलपुरमा गए राती देखि भारी वर्षा भएका कारण स्थानिय खोलाहरु बढने क्रम जारी छ । यात्रा गर्नु अगाडि जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : २०८१ भदौ ४ गते ८:२७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI