बगुबनको बस्तीमा पसेको बाघ नियन्त्रणमा लिईयो

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ३ गते १६:३५
बगुबनको बस्तीमा पसेको बाघ नियन्त्रणमा लिईयो

सन्जय भट्टराई, कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनमा गत साउन ३२ गते बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिईएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई सोमबार चितवन राष्ट्रिय निकुञ्जको टोलिले मदरबाबा सामुदायिक वन बाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

अन्दाजी ६/७ वर्षको भाले बाघ अर्को बाघ सँग लडेर घाईते भएको थियो । जंगलमा घाईते भएर बस्ती पसेको बाघले गत साउन ३२ गते विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनमा दुईवटा बाख्रा र एउटा भैसीलाई आक्रमण गरेर मारेको थियो । बस्तीमा पसेको बाघ चौपायालाई आक्रमण गरे पछि नजिकैक मकै बारीमा पसे पछि स्थानिय त्रसित थिए । मकै बारीमा लुकेको बाघ सोही दिन दिउँसो मदरबाबा सामुदायिक वन प्रवेश गरेको थियो ।

निकुञ्जको टोलिले साउन ३२ गते देखि निरन्तर बाघलाई नियन्त्रणमा लिन कोसिस गरेको भए पनि आज मात्रै सफलता मिलेको हो ।

बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो । उक्त बाघको पछिल्लो भागमा अर्को बाघ सँग जुध्ने क्रममा चोट लागेको छ । उक्त बाघलाई सौराहा लगेर उपचार गर्ने र त्यसपछि निकुञ्जमा छाडिने निमित्त प्रमुख मगरले बताए ।

प्रकाशित : २०८१ भदौ ३ गते १६:३५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI