कावासोती । नवलपुरको विनयी त्रिवेणी-६ को साहुमारा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छ्न ।
त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको UP भारतिय नं 56 A 9212 को मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा साहुमारामा रहेको अम्चुर खोलामा खसेको थियो । मोटरसाइकल खोलामा खसेर भएको दुर्घटनामा मोटरसाइकल चालक महाराजगञ्ज निचलौल टोल ओडवलिया बस्ने प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा अर्का भारतिय नागरिक अशोक राजभार घाईते भएका र उनलाई उपचारका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ साउन २१ गते ९:४९
Facebook Comment