मकै बारीमा गैँडा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ८ गते ९:२३
मकै बारीमा गैँडा मृत फेला

कावासोती । चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको हो ।

कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्र नजिकैको मकै बारीमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक देखिएको छैन । उक्त गैंडा बुढो भएर मरेको हुन सक्ने अनुमान गरिएको तिवारीले बताए । गैंडा मृत फेला परेको विषयमा थप अनुसन्धान भइरहेको छ । मृत गैंडाको वरपर पनि कुनै शंकास्पद वस्तु भेटिएको छैन ।

चालु आर्थिक वर्षमा गैंडाको यो पहिलो मृत्यु हो ।गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।

तस्बिर : निकुञ्ज प्रशासन

प्रकाशित : २०८१ साउन ८ गते ९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI