कावासोतीबाट काठमाडौ जाँदै गरेको माईक्रो जलविरेमा दुर्घटना

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ७ गते ८:२५
कावासोतीबाट काठमाडौ जाँदै गरेको माईक्रो जलविरेमा दुर्घटना

कावसोती । नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरे नजिक नवलपुरको कावासोतीबाट काठमाडौ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन्। एक जनाकाे अवस्था गम्भिर रहेकाे छ ।

आज बिहान ४ बजेको समयमा कावासोतीबाट काठमाडौँ जाँदै गरेको ग १ ख ९१५५ नम्बरको माईक्रो आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

डिभाइडरमा ठोक्किदा माईक्रोमा सवार १७ जना मध्ये तीन जना यात्रु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । माईक्रो चालक माडी नगरपालिका–१ बस्ने वर्ष ३३ को नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरुमा माईक्रोमा सवार कावासोती नगरपालिका–५ बस्ने वर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती–८ बस्ने वर्ष ३६ को धनश्याम न्यौपाने र यात्रु उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षीय जेनिस बस्नेत रहेका छन् । न्यौपानको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०८१ साउन ७ गते ८:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI