वन्यजन्तु आक्रमणका ८ सय १३ घटना : २ करोढ बढि राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ५ गते १९:१७
वन्यजन्तु आक्रमणका ८ सय १३ घटना : २ करोढ बढि राहत वितरण

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणका ८ सय १३ वटा घटना भएका छन् । वन्यजन्तुको आक्रमणबाट गत आव २०८०/८ मा १० जनाको मृत्यु भएको छ भने २४ जना सख्त र २३ जना सामान्य घाइते भएका छन् । वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेका तथा खेतबारीका अन्नबालीमा पनि क्षति पु¥याएका छन् । निकुञ्जले वन्यजन्तुले पु¥याएको क्षतिपूर्ति बापत २ करोड २ लाख १७ हजार ७ सय २ रुपैयाँ राहत वितरण गरेको छ ।

एक वर्षको अवधिमा अवधिमा सबैभन्दा धेरै गैँडाको आक्रमणका ३ सय ४ वटा घटना भएका छन् । त्यस्तै हात्ताीको १ सय २७ बाघको ५४, चितुवाको १ सय ३९, जंगली बँदेलको १ सय ५२, भालुको ५ मगर गोहीको र अजिङ्गरको ३र३ वटा घटना भएको निकुञ्का सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

एक वर्षको अवधिमा गैँडाले पु¥याएको क्षतिबापत ८६ लाख २२ हजार ६ सय १०, हात्तीले पु¥याएको क्षतिबापत १९ लाख ४२ हजार २ सय ९७ रुपैयाँ राहत वितरण गरिएको छ । बाघले पु¥याएको ४७ लाख २१ हजार ४ सय ४०, चितुवाले पु¥याएको क्षतिबापत १४ लाख ४१ हजार २ सय १०, भालुले पु¥याएको क्षतिबापत १ लाख ८७ हजार ६ सय ७८, जंगली बँदेलले गरेको क्षतिबापत १० लाख ८६ हजार ४ सय ४० रुपैयाँ राहत वितरण भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार उक्त राहत सबै प्रकृतिका क्षतिबापतको रकम हो ।

चालू चाल आवको १० महिनामा गैँडा आक्रमणबाट ५ जना, बाघको आक्रमणबाट ३ र मगरगोहीको आक्रमणबाट २ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुका परिवारलाई जनही १० लाखका दरले एक करोड रूपैयाँ राहत हस्तान्तरण गरिएको छ । सख्त घाइतेहरुलाई ३२ लाख ४४ हजार १ सय ७४ र सामान्य घाइते भएकालाई २ लाख ५४ हजार ४ सय ६८ रुपैयाँ राहत वितरण गरिएको तिवारीले बताए ।

यो अवधिमा निकुञ्जले १ सय ८७ वटा पशुधनको क्षतिबापत २४ लाख ९१ हजार ७ सय १०, भण्डारण गरेको अन्नको क्षतिबापत ९१ हजार, ५३ वटा घरगोठको क्षतिबापत ५ लाख ३५ हजार ९ सय ७५ र खेतमा लगाइएको अन्नबालीको क्षतिबापत ३६ लाख ९ हजार ३ सय ७५ रुपैयाँ राहत दिइएको तिवारीले बताए ।

गत आर्थिक वर्ष ०७९/८०मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत वन्यजन्तुको आक्रमणका ८५६ वटा घटना दर्ता भएका थिए भने वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो

प्रकाशित : २०८१ साउन ५ गते १९:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI