पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका हुप्सेकोटका खाम्चाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ३ गते १४:१८
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेका हुप्सेकोटका खाम्चाको मृत्यु

कावासोती । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।

मगर आज (बिहीबार) बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको हो । उनी पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए  ।

प्रकाशित : २०८१ साउन ३ गते १४:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI