कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन २ गते ८:२१
कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु

कावासोती । नवलपुरमा पुल बाट खसेर एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं १४ र १७ को सिमानामा रहेको अखरिघाट पुलबाट खसेर कावासोती-१७ का २७ वर्षीय डिल्लीराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानै देखि मापसे गरेर हिडेका उनि घरमा समेत नपुगेको प्रहरीले जनाएको छ । मापसे गरेका कारण पुलबाट खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि घटनाको विषयमा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ साउन २ गते ८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI