कावासोती । नवलपुरको कावासोतीमा एक जना युवकले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छ्न ।
कावासोती-३ डेरा गरि बस्ने पाल्पाका २३ वर्षीय युवक निर्मल रानाले मापसे गरी आफू सुत्ने कोठामा भित्र बाट चुकुल लगाई धारिलो हतियार चक्कुले आँफ्नै घाँटी रेटी आत्महत्याको प्रयास गरेका नवलपुर प्रहरीले जनाएको छ ।
घटनास्थलबाट रानालाई उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ साउन १ गते १०:१२
Facebook Comment