कविता : मान्छे

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ३२ गते ८:५४
कविता : मान्छे

राजन पाण्डे-

 

कविता : मान्छे

चाहेको खोज्दा खोज्दै पाएको प्रति लाप्रवाह छ मान्छे ।
तृष्णाको भुङग्रो र ईश्याको जलनले,
संभावनाको सगरमाथाबाट,
शीत खसे झै खस्छ मान्छे ।
फिंज झै विलाउँछ मान्छे।

सुखको ललसाले अनन्त चाहनामा तानिन्छ मान्छे ।
जीवनमा रस भर्न चाहानाको सिंढी चढ्छ मान्छे ।
परिधि विनाको सिमाहिन चाहनाले,
मरुभुमी जस्तै सुख्खा-सुख्खा छ मान्छे ।

ईश्या, आवेग,अहंकार र कुण्ठाले साँघुरिन्छ मान्छे ।
आँफैवाट आलोचित हुन चाँहदैन मान्छे ।
आँफैले आँफैलाई प्रश्न गर्ने सामर्थ छैन ।
प्रश्नबाट रक्षात्मक छ मान्छे ।

शत्ता, शक्ति, पद, पहिचानको सिढीमा अग्लो देखिन चाहन्छ मान्छे
आँफैलाई पिएर तिर्खा मेट्दा,
निष्ठाको साना खोल्साहरुमा पनि डुवेकोछ मान्छे ।
बाहिर स्थापित हुन खोज्दा आँफैवाट विस्थापित छ मान्छे ।

तर,
पद, पैसा र ख्यातिले लखेटिएका,
प्रत्येकका कथाहरुछन्,
लुकाईएका व्याथाहरुछन्,
भित्रैवाट भत्केको जीवन र च्यातिएका खुसीहरुछन् ।

त्यसैले,
जीवनलाई प्राप्ति,
समयलालाई सामर्थ,
परिस्थितिलाई अवसर ठानी
सन्तोषमा रमाउने,
क्रियासिलताका बाँच्ने,
सपना, सोंच र मनलाई मस्ष्तिकमा मोथेर
आशाको दियो वाल्ने सरल र सहज भए पो जीवन,

आँफैलाई नबिझाउने भए पो मान्छे ।

प्रकाशित : २०८१ असार ३२ गते ८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI