गैडाकोटको थुम्सिमा थप एउटा शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ३१ गते १०:४५
गैडाकोटको  थुम्सिमा थप एउटा शव फेला

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका वडा नं ९ थुम्सिमा थप एउटा शव भेटिएको छ। नारायणी नदीमा एउटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए । शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उनले बताए । अहिले सो ठाउँमा प्रहरीटोली पुगिसकेको छ ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए अरु सबै बेपत्ता भएका थिए । दुई बसका ६५ जना यात्रु मध्ये अहिलेसम्म यो सहित ५ शव भेटिएको हो ।

प्रकाशित : २०८१ असार ३१ गते १०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI