कावासोती । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।
आज, बिहीबार दिउँसोसम्म विपद्मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा परेका ५३ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीका कारण १७६ घर डुबानमा परेका छन् । १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ ।
प्रकाशित : २०८१ असार २८ गते १८:००
Facebook Comment