नवलपुरमा बाढिले बगाउँदा एक जनाको मृत्यु एक जना बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २८ गते १७:०४

कावासोती । नवलपुरमा खोलामा आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मध्यविन्दु नगरपालिका –४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको उल्टि खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताए  । उल्टि खोलामा आएको बाढिले बगाएका परियारको शव उल्टि र छुकछुके खोलामा दोभनमा फेला परेको हो ।

त्यसैगरी खोला मा आएको बाढीले  बगाउदा जिल्लाको बौदीकाली – १ खारा घर भएका ४८ वर्षका विशाल कार्की बेपत्ता भएका छ्न ।

बिहिबार दिउँसो १२ः४० बजेको समयमा गोरू सहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली – १ स्थित बौदी खोला तर्ने क्रममा खोलाले बगाई कार्की बेपत्ता भएका र उनको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ असार २८ गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI