कावासोती । वर्षा रोकिएको ७ घण्टापछि त्रिवेणी स्थित गण्डक ब्यारेजमा पानीको सतह घटेको छ । आइतबार बिहान १० बजे पानीको बहाव ४ लाख ४० हजार क्यूसेक रहेकोमा साँझ ७ बजेसम्म बाढीको बहाव हटेर ३ लाख ५० हजार क्यूसेक रहेको छ ।
जल तथा मौसम बिभागका अनुसार नारायणी नदी आसपासका अधिकांश क्षेत्रमा आइतबार दिउँसोदेखि वर्षात् रोकिएका कारण गण्डकमा पानीको सतह घट्दै गएको हो ।
गण्डकमा मिसिने खहरे खोलमा पनि पानी सुक्दै गएको र वर्षात् रोकिएकाले त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको मापन गर्दा हृवात्तै घटेको हो । यो क्षेत्रमा गत चार दिनदेखिको वर्षात् आइतबार बिहानबाट रोकिएको छ ।
प्रकाशित : २०८१ असार २४ गते २०:२८
Facebook Comment