कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २१ गते ७:३१
कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते

कावासोती । नवलपुरको कावासोती २ कुमारवर्ती क्याम्पस अगाडिको भित्री सडकमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् ।

बुधबार राती करिब ८ बजेको समयमा ग.प्र.०४–००१प ४९४३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती ४ निवासी १६ बर्षीय उत्तम कार्की, मोटरसाइकल पछाडि सवार तनहुँको घिरिङ गाउँपालिका १ निवासी १७ बर्षीय दिनेश कुमाल र पैदल यात्री रौतहट जिल्लाको राजपुर नगरपालिका ८ निवासी ३२ बर्षीय ओजिल अन्सारी घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको छ ।

प्रकाशित : २०८१ असार २१ गते ७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI